Lumbini Rise
विपद् पीडितलाई सुनवल नगरपालिकाको आर्थिक सहयोग

नवलपरासी - पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिकाले विपद् पीडितको परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गरेको छ । प्रतिव्यक्ति २५ हजार रुपियाँको दरले उनीहरुलाई आर्थिक सहयोग गरिएको सुनवल नगरपालिकाको नगरप्रमुख विमला अर्यालले बताए।

उनीहरुलाई चेक मार्फत रकम हस्तान्तरण गरिएको हो । जेठ २३ गते सुनवल नगरपालिका–२ मा कोदालो प्रहारबाट मृत्यु हुने दुई जनाको परिवार, जेठ ७ गते वडा नम्बर ७ मा हावाहरीबाट ज्यान गुमाउनु परेका दुई जनाको परिवार र वडा नम्बर ६ मा वैशाख १९ गते पोखरीमा डुुबेका बालकको परिवारलाई प्रतिव्यक्ति २५–२५ हजार रुपियाँका दरले राहत उपलब्ध गराइएको हो ।

नगरप्रमुख अर्यालले‘‘ठुलो रकम दिन नसकिए पनि स्थानीय सरकार नागरिकको सुखदुःखमा साथमा छ” भन्ने आभास दिलाउने सानो प्रयास भएको बताए। विपद् कोष मार्फत नगरभित्र विपदमा परेका नागरिकहरुलाई नगरले राहत उपलब्ध गराउँदै आइरहेको छ । 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update