Lumbini Rise
सडक किनारको रुखले सवारी साधनमा क्षति

घोराही-  दाङमा रुखको हाँगाले सवारी साधनमा क्षति गरेको छ।  घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा बरको रुख ढलेर सडक छेउमा पार्किङ गरेर राखेको रा १ ज ४६६ नम्बरको म्याजिक गाडी र लु ५८ प ७६७८ नम्बरको मोटरसाइकलमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। 

मंगलबार बिहान ११ बजेतिर कुइरेपानी चोकमा पार्किङ गरेर राखेको समयमा बरको रुखले गाडी र मोटरसाइकलमा क्षति पुर्‍याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिनुभयो।

उहाँका अनुसार गाडी र मोटरसाइकलमा मानिस नहुँदा मानवीय क्षति भने हुन पाएन।रुख ढलेर अवरुद्ध बनेको घोराही–लमही सडक केही समयमै सञ्चालन भएको  प्रहरी निरीक्षक बमले जानकारी दिनुभएको छ। 
 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update