सडक किनारको रुखले सवारी साधनमा क्षति
मंगलबार, असार १०, २०८२
दाङमा रुखको हाँगाले सवारी साधनमा क्षति गरेको छ। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा बरको रुख ढलेर सडक छेउमा पार्किङ गरेर राखेको रा १ ज ४६६ नम्बरको म्याजिक गाडी र लु ५८ प ७६७८ नम्बरको मोटरसाइकलमा क्षति पुर्याएको प्रहरीले जनाएको छ।