
बुटवल - नेकपा एकीकृत समाजवादी सिद्धार्थनगर नगर कमिटि रुपन्देहीले सिद्धार्थ नगरपालिकामा मंगलबार ज्ञापनपत्र बुझाएको छ। पार्टी केन्द्रको निर्देशनअनुसार सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक मोहम्मद खाँनलाई नगरकमिटिका अध्यक्ष सार्दुल मयुर कसाैधनले ज्ञापनपत्र बुझाइएका हुन् ।
नगरपालिकाको वार्षिक नीति, कार्यक्रम र बजेटमा स्थानीय सरोकारका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउन ज्ञापनपत्र मार्फत ध्यानआर्कषण गराइएको अध्यक्ष कसाैधनले बताए ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य उमा काफ्ले, बाबुलाल यादव, लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी लगायतका नेताहरुको उपस्थितीरहेको थियो ।
नगरप्रमुख इस्तियाक मोहमद खाँनले ज्ञापनपत्रमा समावेश सुझाव र नीतिहरूमा आफू सहमत भएको बताउँदै सम्बोधन गर्ने प्रतिबद्धता जनाए । उनले देशको समग्र विकासका लागि एकीकृत समाजवादी पार्टीले अघि सारेका सुझाव र मागहरू समय सान्दर्भिक रहेको उल्लेख गर्दै रचनात्मक सुझावका लागि धन्यवाद ज्ञापन गरे ।