नेकपा एकीकृत समाजवादीले सिद्धार्थनगरमा बुझायो ज्ञापनपत्र
मंगलबार, असार १०, २०८२
बुटवल - नेकपा एकीकृत समाजवादी सिद्धार्थनगर नगर कमिटि रुपन्देहीले सिद्धार्थ नगरपालिकामा मंगलबार ज्ञापनपत्र बुझाएको छ। पार्टी केन्द्रको निर्देशनअनुसार सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक मोहम्मद खाँलाई नगरकमिटिका अध्यक्ष सार्दुल मयुर कसाैधनले ज्ञापनपत्र बुझाइएका हुन् । नगरपालिकाको वार्षिक नीति, कार्यक्रम र बजेटमा स्थानीय सरोकारका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउन ज्ञापनपत्र मार्फत ध्यानआर्कषण गराइएको अध्यक्ष कसाैधनले बताए ।