Lumbini Rise
नवलपरासी रामग्रामका व्यापारी सौरभ यादव सहित ४ जना विरुद्ध राजस्व चुहावटमा मुद्धा दायर

बुटवल – राजस्व अनुसन्धान कार्बुयालय बुटवले करिव ७ कराेड विगाे माग दावी गरी बुधबार उच्च अदालत तुल्सिपुर बुटवल इजलसमा राजस्व चुहावट मुद्दा दायर गरेको छ । नवज्योती ट्रेडर्स नवलपरासीका सञ्चालक सौरभ यादव सहित ४ जना विरुद्ध राजस्व चुहावटमा ७ कराेड विगाे माग दावी गरी मुद्धा दायर गरेको हो ।

नवलपरासी (पश्चिम), रामग्राम ८ स्थित नवज्योती ट्रेडर्सका सञ्चालक सौरभ यादव, क्रेता आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायको कारोबार विश्लेषण गर्दा ५० लाख भन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको देखिएता पनि करदाता मूल्य अभिबृद्धि करमा दर्ता नभएको  र पटकपटक चामलको बिल बनाई अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको भारतीय चिनीको कारोबार गरेको देखिएकाले राजस्व चुहावट  गरेको देखिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । 


राजस्व अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२(सं.स) को दफा ३ विपरित र दफा ४ को उपदफा (क), (ख), (च) र (झ) बमोजिम कसुर गरेकोले अभियोगमा तीन करोड ४७ लाख ६२ हजार ७ सय रुपैयाँ बिगो माग दावी गरेर मुद्धा दायर गरिएकाे राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले बताए । 

यस्तै  निज प्रतिवादीबाट बिगो असुल उपर गरी शत प्रतिशत रकम जरिबाना हुन तथा सोही ऐनको दफा २३(१)(ख) बमोजिम हदैसम्मको कैद सजाय हुन र प्रतिवादी क्रेता पुष्पा शर्मालाई भन्सार चोरी पैठारी तर्फको ११ लाख ७१ हजार ५ सय बिगो कायम तथा पुष्पा शर्मालाई प्रत्यक्ष सघाएको देखिएकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(३) को कसूरमा सोही दफा २३(३) बमोजिम आधा सजाय मागदावी र प्रतिवादी विनोद थापाको हकमा राजस्व चुहावटको कसूरमा संलग्नता रहेको पुष्टि भएकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३३(३) को कसूरमा सोही दफा ३३(३) बमोजिम नै जरिवाना हुन मागदावी लिई अदालतमा मद्धा दायर गरिएको विभागद्धारा जारी विज्ञप्तीमा भनिएको छ । 

 
                                                                               प्रेस विज्ञप्ति 

राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवल मार्फत राजस्व चुहावट सम्बन्धी ‍कसूरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी नवज्योती ट्रेडर्स (स्था.ले.नं 616180305) का प्रोप्राइटर सौरभ यादव समेत ४ जना विरुद्ध श्री उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 (संशोधन सहित) को दफा 20(६) बमोजिम मुद्दा दायर गरेको छ । 
जिल्ला नवलपरासी (ब.सु.प.), रामग्राम नगरपालिका, वडा नं-08 स्थित बिक्रेता नवज्योती ट्रेडर्स (स्था.ले.नं 616180305) का प्रोप्राइटर सौरभ यादव र क्रेता आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्स (स्थायी ले.नं. ६१४३२२०६२) का सन्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायको कारोबार विश्लेषण गर्दा उक्त बिक्रेताले रु.५० लाख भन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको देखिएता पनि करदाता मू.अ.करमा दर्ता नभएको  र पटकपटक चामलको बिल बनाई अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको भारतीय चिनीको कारोबार गरेको देखिएकाले निज करदाताले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२(सं.स) को दफा ३ विपरित र दफा ४ को उपदफा (क), (ख), (च) र (झ) बमोजिम कसुर गरेकोले निज प्रतिवादि सौरभ यादवको हकमा मु.अ. कर र भन्सार चोरी पैठारी तर्फको जम्मा बिगो रु. ३,४७,६२,७५३।२३ (अक्षरेपि तीन करोड सड्चालिस लाख बैसठ्ठी हजार सात सय त्रिपन्न रुपैयाँ तेईस पैसा) कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(१) अनुसार निज प्रतिवादीबाट बिगो असुल उपर गरी शत प्रतिशत रकम जरिबाना हुन तथा सोही ऐनको दफा २३(१)(ख) बमोजिम हदैसम्मको कैद सजाय हुन र प्रतिवादी क्रेता पुष्पा शर्मालाई भन्सार चोरी पैठारी तर्फको रू.११,७१,५०० (अक्षरेपि एघार लाख एकहत्तर हजार पाँच सय) बिगो कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित कार्य गरी दफा ४ को खण्ड (क), (ख), (च), (छ) र (झ) समेतको कसूरमा ऐ ऐनको दफा २३(१) बमोजिम बिगो जफत गरी शत प्रतिशत रकम जरिबाना हुन तथा सोही ऐनको दफा २३(१)(क) बमोजिम हदै सम्मको कैद सजाय हुन र प्रतिवादी हिक्मत प्रसाद आचार्यको हकमा निजले क्रेता पुष्पा शर्मालाई प्रत्यक्ष सघाएको देखिएकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(३) को कसूरमा सोही दफा २३(३) बमोजिम आधा सजाय मागदावी र प्रतिवादी विनोद थापाको हकमा उक्त राजस्व चुहावटको कसूरमा संलग्नता रहेको पुष्टि भएकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३३(३) को कसूरमा सोही दफा ३३(३) बमोजिम नै जरिवाना हुन मागदावी लिई सम्मानित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको छ ।
                              मितिः २०८२ साल असार १२ गते, बुधवार।
                                                                                                                  प्रवक्ता
                                                                                                          उपमहानिर्देशक
                                                                                                          कृष्ण कुमारी श्रेष्ठ 

 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २२:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update