नवलपरासी रामग्रामका व्यापारी सौरभ यादव सहित ४ जना विरुद्ध राजस्व चुहावटमा मुद्धा दायर
बुधबार, असार ११, २०८२
नवलपरासी (पश्चिम), रामग्राम ८ स्थित नवज्योती ट्रेडर्सका सञ्चालक सौरभ यादव, क्रेता आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायको कारोबार विश्लेषण गर्दा ५० लाख भन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको देखिएता पनि करदाता मूल्य अभिबृद्धि करमा दर्ता नभएको र पटकपटक चामलको बिल बनाई अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको भारतीय चिनीको कारोबार गरेको देखिएकाले राजस्व चुहावट गरेको देखिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।