
बुटवल– गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर नगरप्रमुख खिलध्वज पन्थी सवार गाडीको ठक्करबाट माेटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।
गएराती १० बजेतिर दाङबाट बुटवलतर्फ आउँदै गर्दा बुटवल १२ तामनगरमा विपरित दिशाबाट आउँदै गरेकाे माेटरसाइकलसँग पन्थी सवार गाडी ठाेक्किएर दुर्घटना भएको हो ।
नगरप्रमुख सवार बिएए ०९१६ नम्बरको स्कारपियो गाडीले बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ९० प ३१९८ मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गुल्मी मुसिकोट नगरपालिका १ घर भई हाल रुपन्देहीको सुद्धोधनमा बस्दै आएका रञ्जित खत्री गम्भीर घाइते भएका हुन् ।
घाइते खत्रीकाे बुटवल स्थित एडमन सिटि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्र रानाले जानकारी दिए। उनका अनुसार अवस्था गम्भिर छ ।आइसियूमा राखेर उपचार भइरहेकाे छ ।
दुर्घटनापछि सरकारी नम्बर प्लेटकाे गाडीले ठक्कर दिएकाे भन्दै स्थानीय विराेध समेत गरेका थिए । घाइतेलाइ तुरुन्तै उद्धार गरी उपचार लगिएकाे प्रहरीले जनाएकाे छ । 'दुर्घटना भयाे, यसबारे अनुसन्धान भइरहेको छ' प्रहरी नायब उपरीक्षक रानाले भने । दुर्घटनाका बेला नगरप्रमुख खिलध्वज पन्थी पनि त्यही थिए ।
चालक बलबहादुर थापा इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रािखएकाे छ ।