रेसुङ्गाका नगरप्रमुख सवार गाडी बुटवलमा दुर्घटना, मोटरसाइकल चालक गम्भीर घाइते
शनिबार, असार १४, २०८२
बुटवल– गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर नगरप्रमुख खिलध्वज पन्थी सवार गाडीको ठक्करबाट माेटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।
गएराती १० बजेतिर दाङबाट बुटवलतर्फ आउँदै गर्दा बुटवल १२ तामनगरमा विपरित दिशाबाट आउँदै गरेकाे माेटरसाइकलसँग पन्थी सवार गाडी ठाेक्किएर दुर्घटना भएको हो । नगरप्रमुख सवार बिएए ०९१६ नम्बरको स्कारपियो गाडीले बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ९० प ३१९८ मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गुल्मी मुसिकोट नगरपालिका १ घर भई हाल रुपन्देहीको सुद्धोधनमा बस्दै आएका रञ्जित खत्री गम्भीर घाइते भएका हुन् ।