Lumbini Rise
रुपन्देहीकाे  ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने

बुटवल– रुपन्देहीकाे प्रतिनिधिसभा क्षेत्र न‍. ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । रुपन्देही– ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय भएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले  जानकारी दिए ।

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र रिक्त छ ।

गत चैतमा उनको निधन भएसँगै रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो।​ २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई हराएर बोहरा विजयी भएका थिए ।

एमालेसँग तालमेल गरेका बोहराले २६८१ मतान्तरले खाँणलाई पराजित गरेका थिए । 

upchunab-1751294978.jpg


 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  २०:३५
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update