
बुटवल - बजेटका बारेमा छलफल गर्ने गरी बसेको लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । मंगलबार बैठक सुरु भए लगत्तै प्रतिपक्षमा रहेका दलहरूले उठेर बजेटप्रति विरोध जनाएपछि राजनीतिक सहमतीका लागि भन्दै बैठक आधा घन्टाका लागि सभामुख तुलबहादुर घर्तीले बैठक स्थगित गरेका हुन् ।
आधा घन्टाका लागि बैठक स्थगित गरिएपनि राजनीतिक दलहरुविच छलफल भइरहेकाले बैठक बस्न ढिलाई भइरहेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए । बैठक शुरु हुनासाथ माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्र जित थारुले बजेट सच्याइनुपर्ने माग राख्दै बैठक स्थगितका् माग गरेका थिए ।
प्रतिपक्षको विरोधपछि सभामुख तुलाराम घर्तिमगरले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ गर्ने बैठकको सम्भावित कार्यसूचीमा थियो ।
सोही अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यक्रम तय गरिएको थियो ।
यसअघि प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरेको थियो । त्यसयता बजेट प्रस्तुत भएको १७ औँ दिनमा बैठक बसेको हो ।