लुम्बिनी प्रदेशसभा बैठक विपक्षीको विरोधपछि स्थगित
मंगलबार, असार १७, २०८२
बुटवल - बजेटका बारेमा छलफल गर्ने गरी बसेको लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । मंगलबार बैठक सुरु भए लगत्तै प्रतिपक्षमा रहेका दलहरूले उठेर बजेटप्रति विरोध जनाएपछि राजनीतिक सहमतीका लागि भन्दै बैठक आधा घन्टाका लागि सभामुख तुलबहादुर घर्तीले बैठक स्थगित गरेका हुन् । आधा घन्टाका लागि बैठक स्थगित गरिएपनि राजनीतिक दलहरुविच छलफल भइरहेकाले बैठक बस्न ढिलाई भइरहेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए । बैठक शुरु हुनासाथ माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्र जित थारुले बजेट सच्याइनुपर्ने माग राख्दै बैठक स्थगितका् माग गरेका थिए ।