Lumbini Rise
अर्घाखाँचीमा दुई युवतीले गरे समलीगि विवाह 


अर्घाखाँची – सामान्यतया युवा र युवतीविच विवाह हुँदै आएको छ । तर, अर्घाखाँचीमा दुई युवतीmे समलीगि विवाह गरेका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका निवासी बेलीसरा (नाम परिवर्तन) र कपिलवस्तुको कपिलवस्तु नगरपालिका निवासी अप्सरा (नाम परिवर्तन) ले समलीगि विवाह गरेका हुन् । उनीहरुले २०८२ जेठ १८ गते विवाह गरेका हुन् ।

अर्घाखाँचीको एक वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता समेत गरिदिएको छ । २३ वर्षीया बेलीसरा र २० वर्षीया अप्सराले आवश्यक कागजात सहित बिहे दर्ता गरेका हुन । 

विवाह दर्तामा अर्घाखाँचीकी बलीसरालाई‘दुलहा’ र कपिलवस्तुकी अप्सरालाई ‘दुलही’ उल्लेख गरिएको छ । पछिल्लो डेढ वर्षदेखि उनीहरू प्रेम सम्बन्धमा थिए ।

पछिल्लो समय नेपालमा समलिंगी विवाहलाई मान्यता दिन थालिएसँगै यो क्रम बढेको छ ।

यसअघि २०८१ मङ्सिरमा बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको थियो  । जाजरकोटकी ३० वर्षीय सञ्जु विक र कोहलपुर–१४ की २९ वर्षकी रिचा सुनारले वडा नम्बर १४ को कार्यालयमा पुगेर समलिङ्गी विवाह दर्ता गराएक थिए ।  

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update