अर्घाखाँचीमा दुई युवतीले गरे समलीगि विवाह
मंगलबार, असार १७, २०८२
अर्घाखाँची – सामान्यतया युवा र युवतीविच विवाह हुँदै आएको छ । तर, अर्घाखाँचीमा दुई युवतीmे समलीगि विवाह गरेका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका निवासी बेलीसरा (नाम परिवर्तन) र कपिलवस्तुको कपिलवस्तु नगरपालिका निवासी अप्सरा (नाम परिवर्तन) ले समलीगि विवाह गरेका हुन् । उनीहरुले २०८२ जेठ १८ गते विवाह गरेका हुन् । अर्घाखाँचीको एक वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता समेत गरिदिएको छ । २३ वर्षीया बेलीसरा र २० वर्षीया अप्सराले आवश्यक कागजात सहित बिहे दर्ता गरेका हुन ।