Lumbini Rise
करेन्ट लागेर एकको मृत्यु

 चन्द्रपुर- रौतहटको फतुवा विजयपुर नगरपालिका-२ शितलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बिहिवार बिहान ८ बजेको समयमा ३० वर्षीया रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आफ्नै खेतमा मोटरबाट पानी हाल्ने क्रममा  बिहान ७ बजेर १५ मिनेटमा मोटरबाट करेन्ट करेन्ट लागेर घाइते भएका सोनारलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया बारा लगिएको थियो । 

घाइते सोनारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिनुभयो ।

शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक रायले बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update