Lumbini Rise
पाल्पा  प्रशासनद्वारा रातीमा गाडी चलाउन रोक

पाल्पा– मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति पाल्पाले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।

गत वर्षको जस्तै यस वर्ष पनि मनसुन अवधिभर रातको समयमा सवारी साधन सञ्चालन नगर्न अनुरोध गरिएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले एक विज्ञप्ती जारी गरी जोखिमयुक्त सडकहरूमा दुर्घटनाको सम्भावना उच्च हुने भएकाले यस्तो निर्णय गरिएको जनाएका हुन् ।

जल तथा मौसम विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरेकाले प्रशासनले यस्तो नि(र्णय गर्नुपरेको जनाएको छ ।  ‘रातको समयमा माथिबाट ढुंगा, माटो खस्ने सम्भावना भएकाले यात्रु, मालवाहक, निजी र सार्वजनिक सवारी साधनलाई रात्रीकालीन समयमा सञ्चालन नगर्न अनुरोध गरिन्छ ’ विज्ञप्तीमा भनिएको छ। 

रात्रीकालीन आवागमनमा रोक लगाइएका प्रमुख सडक खण्डहरू सिद्धबाबा(राम्दी सडकखण्ड, तानसेन (रिडी( तम्घास सडक, हार्थोक, छहरा, तिनगिरे, आर्यभञ्ज्याङ, ताहु –रामपुर सडकखण्ड रहेको छ । समितिले सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई सूचनाको पूर्ण पालना गर्न र विपद् न्यूनीकरणमा सहकार्य गर्न आग्रह गरेको छ । स्थानीय प्रशासनले आवश्यक निगरानी र व्यवस्थापनका लागि तयारी अवस्थामा रहने जनाएको छ ।

1751610382-yPKNa-1751638637.jpg


 

 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  २०:०२
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update