पाल्पा प्रशासनद्वारा रातीमा गाडी चलाउन रोक
शुक्रबार, असार २०, २०८२
पाल्पा– मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति पाल्पाले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।गत वर्षको जस्तै यस वर्ष पनि मनसुन अवधिभर रातको समयमा सवारी साधन सञ्चालन नगर्न अनुरोध गरिएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले एक विज्ञप्ती जारी गरी जोखिमयुक्त सडकहरूमा दुर्घटनाको सम्भावना उच्च हुने भएकाले यस्तो निर्णय गरिएको जनाएका हुन् ।