काशीका शिक्षक तथा कर्मचारीलाई प्राथमिक उपचारसम्बन्धी तालिम

बुटवल-काशी नोबल एकेडेमी सिद्धार्थनगर, रुपन्देहीले शुक्रबार विद्यालयका शिक्षक तथा कर्मचारीका लागि प्राथमिक उपचारसम्बन्धी तालिम प्रदान गरेको छ ।
५० जनाको सहभागीता रहेको तालिममा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज ९युसीएसएस० भैरहवाका डा।राहुल यादव, डा।सुयल अन्सारी, नर्सिङ सुपरभाईजर कल्पना भट्टराई र स्टाफ नर्स सुनिता श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।
विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–प्राचार्य श्री रायमाझीले गर्नुभएको थियो ।
तत्काल विद्यालयमा विद्यार्थीहरुलाई आवश्यक पर्ने सुरक्षित स्वास्थ्यका लागि प्राथमिक उपचारका लागि शिक्षक कर्मचारीले जान्नैपर्ने र गर्नुपर्ने कुराका बारेमा सहभागीलाई जानकारी दिइएको कार्यक्रम संयोजक दीपक काफ्लेले बताए ।
प्रकाशित मिति: शनिबार, असार २१, २०८२ १३:५३
प्रतिक्रिया दिनुहोस्