
बुटवल - उपभोक्ता संरक्षण ऐन, २०७५ को आवश्यक संशोधनको माग गर्दै चिकित्सकहरुले आन्दोलन थालेपछि उपचार सेवा प्रभावित भएको छ । बुटवल स्थित लुम्बिनी प्रादशिक अस्पतालमा पुगेका बिरामीहरु समस्यामा परेका छन् । विमाका लागि टिकट लिएर पनि सेवा नपाएपछि बिरामीहरु फर्कनुपरेकाे छ ।
कपिलबस्तुबाट आएका एक बिरामीले मुटुकाे राेगकाे नियमित औषधी सकिएकाले विहानै लाइनमा बसेपनि डाक्टहरु आन्दाेलनमा उत्रदा रितै फर्कनुपरेकाे दुखेसाे गरे ।
अस्पताल आइपुग्दामात्र चिकित्सको आन्दोलनमा रहेकाे जानकारी पाएपछि विभिन्न जाँच गराउन आएका बिरामीहरु समस्यामा परेका हुन् ।
अस्पतालमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल प्रशासनले जनाएको छ ।
चिकित्सको आन्दोलनका कारण ओपीडीका सबै सेवा बन्द रहेका छन् । देशैभरका अस्पतालहरु प्रभावित भएका छन् ।