Lumbini Rise
लोमान्थाङमा बाढीः सतर्क रहन प्रशासनको आग्रह 

काठमाडौं – मुस्ताङको लोमान्थाङ खोलामा बाढी आएपछि मंगलबार साँझबाट तटीय क्षेत्रका बासिन्दालाई अलर्ट रहन जिल्ला प्रशासन कार्यालय मुस्ताङले चेतावनी सहित निर्देशन दिएको छ । 

जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी  विष्णु प्रसाद भुषालले खोला नजिकका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको बताएका छन् । 

हिमाल जिल्ला मुस्ताङमा उक्त हिमतालको क्षेत्रतिरबाट बाढी आएको उनले बताए । ‘त्यही हिउँताल फुटेको हो कि अथवा छुट्टै आएको हो, यो चै अब यकिन गर्न अहिले सक्या छैन, उनले भने-हाम्रो जनधनको क्षति केही भएको छैन। हाम्रो सबै प्रहरीहरू, जनप्रतिनिधिहरू, नागरिकहरू आसपासको क्षेत्रमा पूरै परिचालन भएको छ।’

सम्भावित जोखिम भएका परिवारहरूलाई सारिसकेको उनले जानकारी दिए । चराङतिर हुँदै छुसाङ, कालीगण्डकीमा निस्किने कागबेनी खोलामा बाढी आउने सम्भावित छेउछाउका बस्तीहरू सबै ठाउँमा सतर्क रहन भनिएको उनको भनाइ थियो ।

आसपासको क्षेत्रमा बाढी आए कहाँ गएर बस्ने भनेर ठाउँ पनि यकिन भइसकेको उनले बताए । चिम्जुङ खोला तिब्बतबाट बग्दै छुसाङ हुँदै कालीगण्डकीमा मिसिन्छ । 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १९:४९
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update