लोमान्थाङमा बाढीः सतर्क रहन प्रशासनको आग्रह
मंगलबार, असार २४, २०८२
काठमाडौं – मुस्ताङको लोमान्थाङ खोलामा बाढी आएपछि मंगलबार साँझबाट तटीय क्षेत्रका बासिन्दालाई अलर्ट रहन जिल्ला प्रशासन कार्यालय मुस्ताङले चेतावनी सहित निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुषालले खोला नजिकका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको बताएका छन् ।