
बुटवल– सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा सिद्धबाबा नजिकै मङ्गलवार माथिबाट खसेको पहिरोमा परि मोटरसाइकलमा सवार २ जना घाइते मध्ये एक जनाको मृत्यु भएको छ। पाल्पा रामपुर नगरपालिका ६ ताल पोखरा निवासी ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको हो ।
उनकी श्रीमती २९ वर्षीय कल्पना चापागाईँ घाइते भएको पाल्पा प्रहरीले जनाएको छ । घाइते भण्डारीलाई घाइते अवस्थामा उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका चेकजाँच गर्दै गर्दा मृत्यु भएको पाल्पा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।
गुड्दै गरेको मोटरसाइकललाई बगाएर सडकबाट तल बगाएको थियो । मोटरसाइकल चालक भण्डारी सडकबाट उछिटिएर सडक तल र कल्पना सडक छेउमा अड्किएको अवस्थामा दोभान प्रहरी चौकीले उद्धार गरेको हो ।
साँझ साँढे ६ बजेतिर घटना भएको भए पनि आधा घण्टाभित्रै दोभान प्रहरीका प्रहरी नायव निरीक्षक रुमबहादुर केसी नेतृत्वको टोलीले उद्धार गरेको हो । घाइते कल्पनाको अवस्था भने सामान्य छ ।