सिद्धबाबा पहिरोमा परि घाइते दम्पतीमध्ये श्रीमान् जनकको मृत्यु
मंगलबार, असार २४, २०८२
बुटवल– सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा सिद्धबाबा नजिकै मङ्गलवार माथिबाट खसेको पहिरोमा परि मोटरसाइकलमा सवार २ जना घाइते मध्ये एक जनाको मृत्यु भएको छ। पाल्पा रामपुर नगरपालिका ६ ताल पोखरा निवासी ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको हो । उनकी श्रीमती २९ वर्षीय कल्पना चापागाईँ घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।