Lumbini Rise
मिर्गौला उपचारका लागि जी-ट्वान्टी फाइभ क्लवद्वारा ४८ हजार सहयोग

बुटवल -  बुटवलका मिलन लाम्टाङेको उपचारमा आर्थिक समस्या भएपछि बुटवल ११ देवीनगरमा रहेको जी ट्वान्टी फाइभ क्लवले आर्थिक सहयोग गरेको छ । बुटवल ३ गोलपार्कमा रहेको उनको घरमै पुगेर मिलनका आमाबुवालाइ क्लवले चेक तथा नगद गरि ४८ हजार १ सय ६५ रुपैँया प्रदान गरेको हो ।

क्लवले बिरामी,दुखमा परेका तथा सहयोगको खाँचो रहेकाहरुको मर्का र समस्यामा मल्हम लगाउने हेतुले क्लवका साथीहरुसंग रकम उठाएर आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष जगदिश न्यौपानेले बताए।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रमा बिगत ६ महिनादेखि उनको उपचार भैरहेको छ ।तर उनको उपचारमा आर्थिक कारणले समस्या भएपछि परिवारले सहयोगका लागि सर्बााजनिक अपिल समेत गरेको छ ।

३० वर्षीय मिलनको  जीवनरक्षाका लागि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि परिवारले आर्थिक सहयोगका लागि याचना गरेको आमा कल्पना लाम्टाङेले बताए । 

मिलनको उपचारका लागि आर्थिक सहयोग आवश्यक रहेकाले देश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोगको लागि अपिल गरे । मिलनकी श्रीमती एक श्रीमती एक ३ बर्षका छोरा छन् ।उनको उपचारमा करिब ३० लाख रुपैया लाग्ने चिकित्सकले जनाएको बुबा केशर लाम्टाङेले बताए । 

1751981417-wCKB5-1751990308.jpg


 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update