मिर्गौला उपचारका लागि जी-ट्वान्टी फाइभ क्लवद्वारा ४८ हजार सहयोग
मंगलबार, असार २४, २०८२
बुटवल - बुटवलका मिलन लाम्टाङेको उपचारमा आर्थिक समस्या भएपछि बुटवल ११ देवीनगरमा रहेको जी ट्वान्टी फाइभ क्लवले आर्थिक सहयोग गरेको छ । बुटवल ३ गोलपार्कमा रहेको उनको घरमै पुगेर मिलनका आमाबुवालाइ क्लवले चेक तथा नगद गरि ४८ हजार १ सय ६५ रुपैँया प्रदान गरेको हो ।