Lumbini Rise
प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोमा बुधवार परियार हाजिर भएपछि बयान र थुनछेक बहसपछि उनलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश तेज नारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । सोही मुद्दामा बुधवार नै अदालतमा हाजिर भएका काठमाडौँ महानगरपालिकाका कर्मचारी वसन्त आचार्य र नमराज ढकालको बयान तथा थुनछेक बहसपछि उनीहरू दुवै जनासँग ५०–५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  २१:११
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update