प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न विशेष अदालतको आदेश
बुधबार, असार २५, २०८२
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको छ। भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोमा बुधवार परियार हाजिर भएपछि बयान र थुनछेक बहसपछि उनलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।