Lumbini Rise
बाँकेको राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार

बाँके– बाँकेको राप्ती नदिमा फसेका तीन जनाको सशसस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।  राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्तीमा फसेका सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वलीलाई उद्धार गरिएको हो ।

उनीहरु सबैको अवस्था सामान्य छ । गाईवस्तु चराउन गएका उनीहरू राप्ती नदीमा एक्कासी आएको बाढीको कारण नदीको बीच टापुमा फसेका थिए ।

उनीहरू फसेको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उद्धार गरेको हो ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १०:३६
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update