बाँकेको राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार
बिहीबार, असार २६, २०८२
बाँके– बाँकेको राप्ती नदिमा फसेका तीन जनाको सशसस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्तीमा फसेका सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वलीलाई उद्धार गरिएको हो ।उनीहरु सबैको अवस्था सामान्य छ । गाईवस्तु चराउन गएका उनीहरू राप्ती नदीमा एक्कासी आएको बाढीको कारण नदीको बीच टापुमा फसेका थिए ।