Lumbini Rise
धान हुने खेतमा ड्रागन फ्रुट, वार्षिक ४० लाख आम्दानी

प्यूठान -  धान हुने खेती प्युठानको झिमरुक फाँटमा पछिल्लो समय ड्रागन फ्रुट फल्न थालेको छ । करिब १५ रोपनी क्षेत्रफलमा लगाइएको ड्रागन फ्रुट अहिले बिक्री गर्न सुरु गरिएको छ । स्थानीय नवीनकुमार श्रेष्ठ र लोकबहादुर गुरुङले सञ्चालन गरेको इशान एग्रो फार्ममा अहिले लटरम्म ड्रागन फ्रुट फलेका छन् । यहाँ चार वर्षदेखि ड ड्रागन फ्रुट उत्पादन भइरहेको छ ।

गत वर्ष ३२ लाख रुपियाँ आम्दानी गरेको फार्मले यस वर्ष ४० लाखसम्म आम्दानी हुने अपेक्षा गरेको सञ्चालक श्रेष्ठले बताए । “पहिलेको तुलनामा बजार भाउ घटेको छ,” श्रेष्ठले भने । 

ड्रागन खेतीका लागि करिब ५५ लाख रुपियाँ लगानी लागेको श्रेष्ठको भनाइ छ । “यो हाम्रो अर्गानिक उत्पादन हो,” उनले - “हामीले कुनै पनि विषादी प्रयोग गर्ने गर्दैनौं ।” अहिले फार्ममा अम्बा, कुरिलो खेतीसमेत गरिएको श्रेष्ठले बताए । 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update