धान हुने खेतमा ड्रागन फ्रुट, वार्षिक ४० लाख आम्दानी
शुक्रबार, असार २७, २०८२
बुटवल- धान हुने खेती प्युठानको झिमरुक फाँटमा पछिल्लो समय ड्रागन फ्रुट फल्न थालेको छ । करिब १५ रोपनी क्षेत्रफलमा लगाइएको ड्रागन फ्रुट अहिले बिक्री गर्न सुरु गरिएको छ । स्थानीय नवीनकुमार श्रेष्ठ र लोकबहादुर गुरुङले सञ्चालन गरेको इशान एग्रो फार्ममा अहिले लटरम्म ड्रागन फ्रुट फलेका छन् । यहाँ चार वर्षदेखि ड ड्रागन फ्रुट उत्पादन भइरहेको छ ।