Lumbini Rise
अस्पतालको सेफ्टि ट्याङ्कीमा खसेर ५ वर्षीया बालिकाले गुमाइन् ज्यान

चितवन- चितवनस्थित भरतपुर अस्पतालको सेफ्टिी ट्याङ्कीमा खसेर ५ वर्षीया बालिकाले ज्यान गुमाएकी छन् । मँगलबार भरतपुर अस्पतालको बी ब्लक ९रगत जाँच, भिडियो एक्सरे, एमआरआइ लगायत जाँच गर्ने भवन० अगाडि रहेको सेफ्टि ट्याङ्कीमा खसेकी बालिकाको उपचारका क्रममा मृत्यु भएको हो । 

बालबालिका खेल्नको लागि बनाइएको स्थल पार्क नजिकै सेफ्टि ट्याङ्की रहेको थियो । अस्पतालमा काम गर्ने कर्मचारी विकास मगरको ५ वर्षीया छोरीको उक्त ट्याङ्कीमा परेर ज्यान गएको हो ।

अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाका अनुसार दैनिक फोहोर फाल्नुपर्ने कारणले सेफ्टी ट्याङ्कीमा पाइप राखेर फोहोर निकाल्ने गरिन्छ । त्यसकारण उक्त सेफ्टी ट्याङ्कीमा पाइप घुसार्ने ठाउँको प्वाल भने सँधै खुला राखिने गरिन्थ्यो ।

विकास मगर र उनको श्रीमती भरतपुर अस्पतालकै सफाइ कर्मचारी हुन् । उनीहरू अस्पतालमा काम गर्न आउँदा केही समय त्यही आसपास छोरीलाई खेल्न छोड्ने गर्थे ।

मङ्गलवार पनि दिउँसो पाँच वर्षकी छोरी अञ्जनालाई त्यही बाल उद्यानमा छोडेर काममा लागे ।

बालिका ट्याङ्कीमा खसेपछि अस्पतालमा हल्लाखल्ला भयो, बालिकालाई बाहिर निकालेर अस्पतालकै इमरर्जेन्सी हुँदै आइसियूमा उपचार गरिए पनि उनको उपचार सफल भने हुन सकेन ।

अस्पतालले बालिकालाई मृत घोषणा गर्‍यो । अस्पतालका प्रवक्ता डाक्टर सापकोटाका अनुसार बालिकालाई सेफ्टी ट्याङ्कीबाट निकाल्न करिब पाँच मिनेट जति मात्रै लागेको थियो ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update