Lumbini Rise
एकीकृत समाजवादी र राष्ट्रिय अभियानबिच भोली एकता घोषणासभा हुने 

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय एकता अभियानबिच भोली शुक्रवार पार्टी एकता हुने भएको छ।  राष्ट्रिय सभा गृहमा एक कार्यक्रमबिच पार्टी एकता हुनेछ । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमले सहितका नेताहरूबिच  एकता हुनेछ । लामो समयदेखि अलमलमा रहेका गौतमले औपचारिक रूपमा नेकपा एकीकृत समाजवादीमा सामेल हुने निर्णयमा पुगेका हुन् ।

पार्टी एकता घोषणा सभा कार्यक्रमको आवश्यक तयारी पूरा भएको महासचिव घनश्याम भुसालले जानकारी दिए । कार्यक्रम राष्ट्रिय सभागृहमा दिउँसो २ बजेका लागि तय गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update