पर्वतको लाङ्दीमा पहिरोले घर पुरिंदा २ जना बेपत्ता

पर्वत–पर्वतमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जना बेपत्ता भएका छन् । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा एकतले घर पुरिंदा एक दम्पती पुरिएर बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती रहेको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार बुहारी ३२ वर्षीया पवित्रा भने हाम फालेर बचेकी छन्।
प्रकाशित मिति: आइतबार, साउन ४, २०८२ ०८:५६
प्रतिक्रिया दिनुहोस्