चितवन खैरनीमा बलेरोको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

चितवन- चितवन खैरैनीमा सवारी ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन् ।
गएराति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्री अवतारलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । बलेरो र चालक प्रहरीको नियन्त्रणमा छन् ।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२ ०७:५५
प्रतिक्रिया दिनुहोस्