Lumbini Rise
नेपालमा धेरै पार्टी भएपनि विचारमा अन्तर छैन  मन्त्री पौडेल

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले नेपालमा धेरै पार्टी भएपनि विचारमा अन्तर नरहेको बताए ।

विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उहाँले आज नेपालमा आर्थिक नीति कसको के हो  भन्नेकुरा स्पष्ट रहेको बताए ।

उनलेउदारवादी अर्थतन्त्रको नीति नेपाली काँग्रेसले नै शुरु गरेको र सबैले विश्वास गरिरहेको बताए । उनले नेकपा एमालेसहित अन्य नयाँ राजनीतिक दलहरुको पनि कुनै नयाँ आर्थिक नीति नरहेको स्पष्ट पा रे।

नेपाली काँग्रेस विचार शुन्यताको स्थितिमा नरहेको बताए।

मन्त्री पौडेलले भने, ‘आज नेपालमा आर्थिक नीति कसको के हो रभनेर भनिरहन पर्दैन । नेपाली काँग्रेस पार्टीले नै शुरु गरेको उदारवादी अर्थतन्त्रमा सबैले विश्वास गरेको स्थिति छ ।

नेपाली काँग्रेसको यो आर्थिक नीति हो । तर नेकपा एमालेका पनि यही आर्थिक नीति हो । नयाँ पार्टीहरुको पनि यही आर्थिक नीति हो ।

नेपालमा पार्टी धेरै छ तर विचारमा अन्तर केही पनि छैन । बरु नेपाली काँग्रेस पार्टीले एकदमै धेरै स्पष्ट बनाउन नसकेको हो । नेपाली काँग्रेस पार्टी एकदमै विचार शुन्यताको स्थितिमा चाहीँ छैन ।

तर विपी कोईरालाले जसरी गरिबमुखी नीतिको वकालत गर्नुभयो ।’

मन्त्री पौडेलले सरकारमा जाँदा पार्टीको फेहरिस्त कार्यान्वयन गर्ने सन्दर्भमा स्पष्टताको जरुरी रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update