रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्यो, ३ जना बेपत्ता

सुर्खेत–रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । मंगलबार राति टिपर भेरी नदीमा खसेको हो । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायव निरीक्षक शिउ कुमार चौधरीले जानकारी दिए ।
सइ चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ ।बेपत्ताको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको सइ चौधरीले बताए।
भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले खोजी गर्न कठिनाइ भइरहेको उनको भनाइ छ । दुर्घटना भएको टिपर भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको हो ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०८२ १०:५५
प्रतिक्रिया दिनुहोस्