Lumbini Rise
पूर्वराष्ट्रपति दलको राजनीतिमा आउनु उचित होइन : पाैडेल


बुटवल - उपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा सकृय सहभागिताको विपक्षमा स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।

बुधबार गृहजिल्ला रुपन्देहीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भण्डारी दलको सकृय राजनीतिमा आउन नहुने धारणा व्यक्त गरेका हुन् ।

केही समययता पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षविपक्षमा शीर्ष नेताहरु बोलिरहँदा नेता पौडेल तठस्थ देखिएका थिए । पार्टीले औपचारिक निर्णय गरेसँगै उनले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।  
उनले भने, “यो विषयमा धेरै चर्चा थियो, पार्टीभित्र र बाहिर पनि धेरै चर्चा भयो । देशकै मुख्य पदमा पुगेको व्यक्ति दलको राजनीतिमा आउन हुन्छ कि हुँदैन रु पार्टीको निचोड हो — उहाँ हामी सबैको अभिभावक हो, पार्टीमा धेरै योगदान दिनुभएको छ, त्यही आधारमा राष्ट्रपति बनाएका हौं ।

पहिलो र दोस्रो गरी सात वर्ष बिताउनुभयो, त्यहाँ रहँदा राम्रो काम गर्नुभयो । त्यसै आधारमा गणतन्त्रको गौरवका रूपमा सम्मान गरियो ।”
पौडेलका अनुसार गणतन्त्रको राष्ट्रपति कुनै दलको हुनुहुन्न भन्ने स्पष्ट अवधारणामा पार्टी पुगेको छ । “संविधानको रक्षकका हिसाबले अब दलमा जोडिनु उचित हुँदैन, सिंगो देशको अभिभावक हुनुपर्छ भन्ने निचोडमा पुगेका छौं ।

हिजोको बैठकले पनि त्यो एजेण्डा पास गरेको छ,” उनले भने ।
साथै, भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको विषय बाहिर आए पनि त्यो प्रक्रियालाई उनले अमान्य ठहर गरे । “सदस्यता नवीकरण गर्ने व्यवस्था हाम्रो पार्टीमा छैन ।

सदस्यता त्यागेको व्यक्तिको नवीकरण हुने होइन, नयाँ प्रक्रियाबाट जानुपर्छ । उहाँको सदस्यता स्थगित होइन, परित्याग हो ।

जुन चिज कायम छैन, त्यसको नवीकरण हुँदैन भन्ने प्रष्ट हुनुपर्छ,” पौडेलको भनाइ थियो ।
उनले पूर्वराष्ट्रपतिको भूमिकामा सम्मानजनक तरिकाले रहने र सकृय राजनीतिमा नफर्कने कुरा दोहोर्याउँदै भने, “अब उहाँ सिंगो देशको अभिभावक भएर बस्नुपर्छ । त्यो पार्टीको संस्थागत निर्णय हो ।”


पार्टीभित्रको समन्वय र आन्तरिक जीवनका सन्दर्भमा उनले भने, “एमाले कमजोर बनाएर, विग्रह ल्याएर रमाउन खोज्नेहरू हिजोदेखि साइड लागेका छन् । एमालेको आन्तरिक जीवन व्यवस्थित बनाउने काम हामी आफैले गर्नुपर्छ, अरुले सरोकार राख्न जरुरी छैन ।”
पार्टीको आन्तरिक गतिविधिको सन्दर्भमा उनले केही समयअघि मात्रै सम्पन्न भएको केन्द्रीय कमिटी बैठकको सन्दर्भ पनि उल्लेख गरे ।

“हिजो मात्रै केन्द्रको बैठक सकिएको छ । बैठकले महत्वपूर्ण निर्णय गरेको छ । पार्टीको वैधानिक व्यवस्था अनुसार भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गर्दैछौं ।

त्यो महाधिवेशनले नयाँ विधान पास गर्नेछ,” पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकले विधान संशोधनका लागि प्रस्तावित मस्यौदा पारित गरिसकेको छ । “त्यो तल्लो तहको कमिटीमा पुग्नेछ, अध्ययन गरेर छिटो सुझाव दिनुहोला ।

सबैको सुझाव समेटिनेछ । यसमा पार्टीका सबै सदस्य सहभागी हुने व्यवस्था छ,” उनले स्पष्ट पारे ।
पार्टी नेतृत्वको उमेर हदका विषयमा पनि पौडेलले धारणा राखे ।

“७० वर्षे उमेर हदका बारेमा धेरै छलफल भयो । सचिवालयले विगतमा राखेको विषय पछि हटाइएको हो । पार्टीलाई आवश्यक परेर यसअघि नै हटाइएको हो ।

त्यो अनुभवका आधारमा तय गरिएको हो । अन्तर्राष्ट्रिय अनुभवले देखायो — नेतृत्व उमेरले होइन, विचार र क्षमताले गर्ने रहेछ,” पौडेलको भनाइ थियो ।
दुई कार्यकालको सिमालाई हटाइएको विषयमा पनि स्पष्ट पार्दै उनले भने, “त्यो पनि त्यसैगरी हटेको हो । कसैलाई कनफ्युजन थियो भने, योगदानका आधारमा थप गर्नुपर्ने अवस्था थियो

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update