Lumbini Rise
अब पक्राउ परेका व्यक्तिको तस्बिरभिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

काठमाडौं - कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन भन्दै  देशैभरका प्रहरी युनिटमा परिपत्र जारी गरेको हो ।

महान्यायाधिवक्ताको कार्यालयले तस्बिर, भिडियोहरू सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनका आधारमा यसरी मातहतका सबै युनिटमा परिपत्र जारी गरिएको प्रवक्ता  प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

गएको असारमै महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णय गरिसकेको छ । सोही निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रहरीले तत्काल कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो ।

 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update