Lumbini Rise
संवैधानिक परिषद्सम्बन्धी विधेयक अस्वीकृत, राष्ट्रपति पौडेलले फिर्ता पठाए


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन्।

प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको विधेयक पौडेलले बिहीबार फिर्ता पठाएका हुन्। संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्व्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारणा ११३ को उपधारा ९३० बमोजिम पुनर्विचारका लागि विधेयक उत्पति भएको प्रतिनिधिसभामा उनले फिर्ता पठाएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

दुवै सदनबाट पारित भएर यो संशोधन विधेयक प्रमाणीकरणका लागि गत असार ३१ गते राष्ट्रपतिसमक्ष पुगेको थियो।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update