Lumbini Rise
देवदहमा शिलान्यास भएको वर्षदिनमै तयार भयो आकर्षक बाल गोपाल सिस महल

बुटवल - रुपन्देहीको देवदह-७ सितलनगरमा धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले बाल गोपाल सिस महल निर्माण गरिएको छ ।

सितलनगरमा रहेको दुर्गा पञ्चायतन मन्दिर संरक्षण समितिको देवदह मणिद्वीप धाम गुरुयोजना अन्तरगत बाल गोपाल सिस महल निर्माण गरिएको हो । 

शिलन्यास गरिएको एक वर्षमै निमार्ण सम्पन्न भएको सिस महलको उद्घाटन तयारी समेत थालिएको  छ । गएको भदौमा संघीय सांसद छवीलाल विश्वकर्माले शिलन्यास गरेको सिस महलको यहि साउन ३१ गते भाद्र कृष्णाजन्मष्ठमिका अवसरमा उद्घाटन गर्ने गरि तयारी थालिएको दुर्गा पञ्चायतन मन्दिर संरक्षण समितिका अध्यक्ष सिपी बस्यालले जानकारी दिए ।

स्थानीय तथा धार्मिक श्रद्धालुभक्तजनहरुको सहयोगमा जुटाइएको आर्थिक रकमबाट सिस महल निर्माणकार्य थालिएको उल्लेख गर्दै सोही अनुसार झण्डै ७० लाखको लागतमा निर्माण पूरा भएको उनले जानकारी दिए ।

उनले स्थानीयसँगै वाह्य धार्मिक पर्यटकहरुलाई आकर्षण गर्न र पर्यटकको संख्यामा वृद्धि गर्नका लागि सिस महल निर्माण गरिएको बताए ।  

केही श्रद्धालुभक्तजनहरुबाट दानपेटी तथा सहयोग संकलन गरिएको केही २०७५ मा सम्पन्न भएको महायज्ञमा संकलन भएको रकम जुटाएर बाल गोपाल सिस महल निर्माण गरिएको मन्दिर संरक्षण समितिका कोषाध्यक्ष दिनानाथ सापकोटाले जानकारी दिए ।

उनले सिस महलसँगै मन्दिर परिषरमा बुद्धमुर्ति, अर्जुन रथयात्रा, धार्मिक रमणीय पार्क, वाटर फाउण्डेशन र आकर्षक प्रदेशद्वार निर्माणलगायतका संरचनाहरु निर्माण गरिएको जानकारी दिए । 

इनडोर बिस वाई बिस स्क्वायर वर्गफिटमा निर्माण गरिएको सिस महलभित्र कृष्ण विरात स्वरुप, मखन चोर बालकृष्ण लिला, गोपिनी कृष्णलिला, नागमर्दन लिलालगायतका चित्रवर्णीत रहेको मन्दिर संरक्षण समितिका सचिव अजय भण्डारीले जानकारी दिए ।

सिस महलले आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि गर्ने विश्वास ब्यक्त गरे । सिस महलभित्र एक पटकमा २० जनाले अवलोकन गर्न सक्ने र यसले कृष्णका विभिन्न लिलाबारे साना/ठुला सबैलाई जानकारी दिन मद्दत गर्ने मन्दिर संरक्षण समितिका उपाध्यक्ष यज्ञमुर्ति पाण्डेयले जानकारी दिए ।

उनले ठुलो र पुरानो इतिहास बोकेको दुर्गा पञ्चायतन मन्दिर परिषरभित्र निर्माण थालिएको देवदह मणिद्वीप धाम गुरुयोजना अन्तरगत बाल गोपाल सिस महल निर्माण गरिएकाले यसको प्रचार प्रसार हुन पनि उत्तीकै आवश्यक रहेको धारणा राखे ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update