रुद्धवेनी वामीटक्सार सडक अवरुद्ध

तम्घास -अविरल वर्षाका कारण रुद्धवेनी वामीटक्सार सडक अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण उक्त सडक खण्डको सत्यवती गाउँपालिका–६ डहरे खोलामा पानीको सतह बढ्न जाँदा बाटो पूर्णरुपमा अवरुद्ध भएको जिला प्रहरी कार्यालय गुल्मीकाप्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।
अहिले पनि निरन्तर रुपमा पानी परिराखेकाले सडक अवरुद्ध नै हुने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सडक अवरुद्ध हुँदा सो सडक भएर जाने छोटो तथा लामो दूरीका सवारीहरु चल्न सकेका छैनन् ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२ ०८:२८
प्रतिक्रिया दिनुहोस्