रुद्धवेनी वामीटक्सार सडक अवरुद्ध
मंगलबार, साउन १३, २०८२
अविरल वर्षाका कारण रुद्धवेनी वामीटक्सार सडक अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण उक्त सडक खण्डको सत्यवती गाउँपालिका–६ डहरे खोलामा पानीको सतह बढ्न जाँदा बाटो पूर्णरुपमा अवरुद्ध भएको जिला प्रहरी कार्यालय गुल्मीकाप्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।