Lumbini Rise
रुपन्देहीको सियारीमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यू

बुटवल - रुपन्देहीको सियारीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । सियारी  गाउँपालिका–७ भर्थापुरमा दुर्घटनामा परी पछाडि सवार ६० वर्षीय राममिलन धवलको मृत्यू भएको हो।

मोटरसाइकल अनियन्त्रित भएर भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका–७ गर्गटीका बासिन्दा धवलको उपचारका क्रममा मृत्यू भएको हो ।

मोटरसाइकल चालक तथा उनका छोरा ३० वर्षीय विनोद धवल गम्भीर घाइते भएका छन्। टाउको, हात र खुट्टामा चोट लागेका उनलाई भैरहवास्थित सिटी अस्पतालमा उपचारका लागि लगिएको छ । 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update