Lumbini Rise
रुपन्देही, नवलपरासी, दाङमा धेरै बर्षा, अर्घाखाँचीमा ११५ मिलिमिटर बर्षा
पहेलाे देखिएकाे क्षेत्र धेरै बर्षाकाे संकेत

बुटवल–  पछिल्लो २४ घण्टामा देशभर भएको बर्षामा लुम्बिनी प्रदेशका चार जिल्लामा धेरै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्यमदेखि धेरै भारी वर्षा भएको सूचीमा यहाँका चार जिल्लामा धेरै बर्षा भएको देखिएको हो ।

पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको स्टेशनमा मापन भएको विभागले जनाएको छ । अर्घाखाँचीमा ११५ मिलिमिटर वर्षा भएको छ ।

यस्तै दाङको एक स्टेशनमा १०२.४, रुपन्देहीमा १०६ र नवलपरासीमा १०५.६ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । यसलाई मौसम विज्ञानको भाषामा धेरै वर्षा भएको भनिन्न । २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनु धेरै भारी वर्षा हुनु हो ।

लमजुङ, पाल्पा, गुल्मी, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाँकेमा पनि ठूलो वर्षा भएको छ । यी क्षेत्रमा ९० मिलिमिटर वर्षा मापन भएको छ । ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ ।

धादिङ, बारा, रौतहट र पाल्पामा पनि अत्यधिक वर्षा भइरहेको छ । यी क्षेत्रमा वर्षा जारी रहेको विभागले जनाएको छ ।

आज पनि  सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ । पछिल्ला दिन निरन्तर वर्षा भइरहेको छ ।

केही ठाउँमा ठूलो वर्षा भएकोले नदीमा जलसतह पनि बढेको छ । त्यसैले नदीको तटीय क्षेत्रमा बसोवास गर्नेहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update