Lumbini Rise
करिव २२ घन्टापछि खुल्याे बुटवल-पाल्पा सडक

बुटवल – अविरल वर्षाका कारण अबरुद्ध बु टवल–पाल्पा सडकखण्ड अपरान्हदेखि  सञ्चालनमा आएको छ। साेमबार साँझदेखि ढु‌गा सहितकाे पहिरो गएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएकाे थियाे । करिव २२ घन्टापछि बुटवल पाल्पा सडक खुलेकाे हाे । 

तिनाउ गाउँपालिका ३ शिद्धबाबा मन्दिर  नजिकै र विभिन्न ठाउँमा पहिरो खस्दा सडकमा पूर्ण रुपमा अवरुद्ध बनेको हाे । दिनभर लगाएर पहिराे हटाएपछि साँढे ४ बजेबाट यातायात सुचारु भएकाे दाेभान प्रहरी कार्यालयले जनाएकाे छ ।

पानी परेसँगै सिद्धार्थ राजमार्ग अन्तर्गतकाे याे सडक खण्ड छिनमै खुल्ने छिनमै बन्द हुँदै आएकाे छ । पानी परेसँगै ढुंगा सहितकाे पहिराे खस्ने भएकाले यात्रा गर्दा सचेत हुन प्रहरीले आग्रह गरेकाे छ । 

 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update