Lumbini Rise
वेपत्ता अनिलको पाँचौ दिनमा मैनहियामा भेटियो शव 
शव भेटिएपछि भाविवह्वल परिवार ।

बुटवल– बुटवल ११ न्यु दुर्गा नगर स्थित नहरमा खसेर अनिल भन्ने जुठे दमाईको पाँच दिनमा शव फेला परेको छ । न्यू दुर्गानगरबाट शुक्रबार राती साँढे ८ बजे नहरपुर जादै गर्दा कुलोमा खसेर दमाई वेपत्ता भएका थिए ।

बुधबार रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ मैनहियामा अनिलको मृत अवस्थामा शव फेला परेको बुटवल वडा न. ११ का जनप्रतिनिधि नहकुल शाहीले जानकारी दिए ।

दुर्गानगर स्थित तिनाउ नदीबाट मोतिपुर नहरपुर क्षेत्रका लागि लगिएको नहरमा बाढी आएकाले मोटरसाईकल सहित दमाई खसेका थिए । दुई दिनअघि नहरमा अनिलले चलाएको मोटरसाईकल भेटिएको थियो ।  

स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजतलास पछि पाँचौ दिनमा बगेर बेपत्ता दमाईको शव भेटिएको प्रहरीले जनाएको छ । 

र याे पनि पढनुहाेस् 
बुटवल न्यू दुर्गानगरको कुलोमा खसेका अनिल चार दिनसम्म पनि भेटिएनन्, आफन्तकाे रुवाबासी!

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update