रुपन्देहीको मणिग्राममा मोटरसाईकल दुर्घटनामा २० बर्षिय युवाको मृत्यू

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा मोटरसाईकल अनियन्त्रित भई ;साेमबार विहान पल्टिंदा २० वर्षीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भइै हाल तिलोत्तमा नगरपालिका वडा नम्बर १४ तीनधुरा भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाईकल सोमबार बिहान पौने ४ बजे मणिग्राममा आफै अनियन्त्रित भई पल्टिएको थियो ।
गम्भीर घाइते भएका भुसालको उपचारको लागि क्रिमशन अस्पताल पुर्याइएकोमा तत्कालै उनको मृत्यु भएको प्रहरीको भनाई छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०८२ ०९:२४
प्रतिक्रिया दिनुहोस्