रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, काठमाडाैंमा सार्वजनिक विदा
आइतबार, जेठ १८, २०८२
काठमाडौं- वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छेन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ । भोटो जात्राको अवसरमा सरकारले आज (आईतबार) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्राका रुपमा चिनिथ्यो ।