राष्ट्रिय दलित पत्रकार संघ रुपन्देहीले मनायो छैटौं स्थापना दिवस
आइतबार, जेठ १८, २०८२
बुटवल – राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीले छैठौं स्थापना दिवस शूभकामना आदान प्रदान तथा दीप प्रज्वलन गरी मनाएको छ । २०७६ साल जेठ १८ गते स्थापना भएको संघले देशैभर विभिन्न कार्यक्रम गरी मनाइरहेको बेला रुपन्देही शाखाले बुटवल देविनगर चौपारीमा कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले सामाजिक रुपान्तरणका लागि दलित पत्रकार संघले नेतृत्वदायी भूमिका खेलेको बताए ।